भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी, महेश बस्नेत ३१ हजारभन्दा बढी मतान्तरले पराजित

0 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। उनले नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गर्दै सांसदमा निर्वाचित भएका हुन्।

शनिबार (फागुन २३) दिउँसो सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी बस्नेतले १० हजार ९९६ मतमा सीमित भए।

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले ८ हजार ४०१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार रमेश वैद्यले ३ हजार ७५६ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारतर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रामप्रसाद सापकोटाले १ हजार ३२३ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम थापाले १ हजार २२४ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न भएसँगै अन्तिम परिणाम सार्वजनिक गरिएको हो।

सम्बन्धित समाचारसबै