0
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुन पुनः आफ्नो आत्मकथा किताब बेच्न सुरु गर्न लागेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पोखराको अमरसिंह चोकमा किताब बिक्री सुरु हुने बताए। उनले किताब बिक्रीको समय तालिका समेत सार्वजनिक गरेका छन्। उनले लेखेका छन् कि बिहान १० बजे अमरसिंह चोक, दिउँसो १ बजे पृथ्वीचोक र ४ बजेपछि महेन्द्रपुलमा किताब बिक्री हुनेछन्।
पुनले चुनावसँगै किताब बेच्ने तयारीमा रहेको बताए, तर निर्वाचन आयोगले चुनावको समयमा किताब बेच्न अनुमति नदिएको जानकारी दिएका छन्। उनले भने, “चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन।”
उनले थपे, “बीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलिरहेको छ, त्यसैले पैसा त चाहियो नि।”