त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी नियन्त्रण अभ्यास

0 Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको आयोजनामा गरिएको उक्त अभ्यास सम्भावित दुर्घटनाका बेला हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको हो।

प्राधिकरणका अनुसार यस्ता अभ्यास हरेक वर्ष नियमित रूपमा गर्दै आइएको छ, जसले आपत्कालीन अवस्थामा उद्धार तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को मापदण्डअनुसार ठूला विमानस्थलहरूमा यस्ता अभ्यास अनिवार्य रूपमा नियमित गरिनुपर्ने व्यवस्था रहेको छ।

सम्बन्धित समाचारसबै