‘तलब खान्नँ’ : रास्वपा सांसद सुधन गुरुङ

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद सुधन गुरुङले आफूले सांसदको तलब नलिने बताएका छन्।

मंगलबार आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले तलब नखाने र आफ्नै सवारी साधन प्रयोग गर्ने स्पष्ट पारे।

यसअघि दिएको अभिव्यक्तिबारे पत्रकारहरूले सोधेको प्रश्नमा उनले भने, “म तलब खान्नँ नि। किन तलब खानु र? नखाने, किन तलब खानु जरूरी छ र? हामी आफैँ सक्षम छौँ।” उनले गाडी पनि आफ्नै चढ्ने बताए। यद्यपि सांसदलाई गाडीको सुविधा हुँदैन ।

गुरुङ गोरखा–१ बाट निर्वाचित सांसद हुन्।

सम्बन्धित समाचारसबै