0
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले सानेपास्थित पार्टी कार्यालयमा जारी छ।
शुक्रबारबाट सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित गरिएको थियो। पुनः सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदनमाथि सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन्।
यसैबीच, पार्टी सभापति गगन थापाले दिएको राजीनामाको विषयमा पनि बैठकमा छलफल भइरहेको छ।