नेपाल वायुसेवाको दुबई उडान सम्बन्धी जरुरी सूचना

0 Shares

काठमाडौं–दुबई–काठमाडौं सेक्टरमा चाप बढेका कारण निगमले थप उडानहरू सञ्चालन गर्ने भएको छ। आगामी मार्च २५ र २७ मा काठमाडौंबाट राति ११:१५ बजे जहाज दुबईतर्फ प्रस्थान गर्नेछ भने भोलिपल्ट दुबईबाट काठमाडौं फर्किनेछ।

विशेषगरी यसअघि टिकट लिएर पनि यात्रा गर्न नपाएका यात्रुहरूको सहजताका लागि यो निर्णय गरिएको हो। इच्छुक यात्रुहरूले आफ्नो टिकट समयमै प्रमाणीकरण गर्न र सिट सुनिश्चित गर्न निगमको कार्यालय वा आधिकारिक एजेन्टमा सम्पर्क राख्न अनुरोध गरिन्छ। जहाजको क्षमता सीमित हुने भएकोले चाँडो सम्पर्क गर्ने यात्रुले प्राथमिकता पाउनेछन्।

सम्बन्धित समाचारसबै