प्रतिनिधिसभामा समानुपातिक सांसद केसीको औपचारिक शपथ ग्रहण

0 Shares

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख र उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा केसी समानुपातिक प्रणालीबाट संसद पुगेका हुन्। उनले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्।

सम्बन्धित समाचारसबै