तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन तीव्र: सीआईबीले अघि बढायो प्रक्रिया II

0 Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिमाथि छानबिन प्रक्रिया अघि बढाएको छ। गृह स्रोतका अनुसार विभागले दिएको निर्देशनका आधारमा सीआईबीले अनुसन्धानलाई तीव्रता दिएको हो।

यसै सिलसिलामा आइतबार पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई पक्राउ गरिएको छ। यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा उठेका विषय र शंकास्पद भेटिएका प्रमाणका आधारमा विभागले पूर्वप्रधानमन्त्रीहरूको निवासमै पुगेर मुचुल्का उठाएको थियो। हाल सोही अनुसन्धानको जिम्मेवारी सीआईबीले सम्हाल्दै थप कानुनी प्रक्रिया अघि बढाएको छ।

सम्बन्धित समाचारसबै