राष्ट्रिय सभाकी उपाध्यक्षमा लिलाकुमारी भण्डारी

0 Shares

काठमाडौं। राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष भण्डारीले शपथ लिनुभएको हो।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको उपस्थिति रहेको थियो।

त्यसैगरी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू र उच्चपदस्थ सरकारी अधिकारीहरूको समेत कार्यक्रममा सहभागिता रहेको थियो।

यसअघि सोमबार बसेको राष्ट्रिय सभाको बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो।

सम्बन्धित समाचारसबै