आमा को मुख नहेर्ने म । -BHITRAKOKHABAR-

0 Shares

आमा आज तिम्रो मुहार हैन, पैताला हेर्न मन छ् ।
पहाड देखी तराई सम्म गन्तब्य राखेको तिम्रो पैताला ।
सुर्य ले त रात मा बिश्राम लिन्छ ,
शिशिर ले त बसन्त पर्खिन्छ,
तिम्रा पाउ ले किन बिश्राम लिएनन।

आमा तिम्रो झुठो मुहार नहेर्ने म
ब्यथा ले चिच्याउदा,मृत्यु लाइ हत्केला मा रख्दा ।
म जन्मिए पछी मुस्कुरायौ तिमि ।
म कसरी बिश्वास गरौं तिम्रो मुहार को ।
आखा को नानी भित्रै आशु लुकाउन सक्छौ ।
पिडा मा मुस्कुराउन सक्छौ।
आमा आज मुहार हैन तिम्रा पिडा सुन्न मन छ ।
घुर्क्याउने ,सताउने बानी त्यागी
तिम्रो आशु पुछ्नु मन छ ।

आमा भित्र को आमा हेर्न मन छ ।
सुनाउन आमा तिमि कसरी आसु लुकाउछौं
अभाव मा पनि कसरी घर चलाउछौं
आज देखाउन तिम्रा डामिएका सपना हरु।
म लेखेर पुस्तक बेच्ने ,सुनाउन जिबन का कोशे ढुङ्गा हरु ।

भनन आमा कस्तो हुन्छ।
पिडा ले नसुतेको अनिदो रात हरु ।
कस्तो हुन्छ पराइको गर्जन हरु
कस्तो हुन्छ धनाड्यको मातहरु

कस्तो हुन्छ गरिबीमा आफन्तले छोडेको साथहरू
कसरी सह्यौ आफ्नै छोरा परदेशिँदा।
आज बुझे आमा तिमिले फुल त्यागी काँडा किन लियौ ।
मेरा पैताला का खिल निकाल्न रहेछ।
तिमिले सधै भन्ने धैर्य गर शब्द को अर्थ बुझे आमा ।
धैर्यताले नै सिखर पुर्याउदो रहेछ।
सहनु पर्छ भन्थ्यौ आज थाहा भो ,सहने हरु नै बागि बन्दा रहेछ न ।

सम्बन्धित समाचारसबै