लामो समय देखि निशुल्क मलामी बस सेवा संचालन गर्दै आएका करीम अन्सारी सम्मानित भएका छन्।
श्री पब्लिक स्टार बहुउद्देशीय सहकारी संस्था लि को २२ औ वार्षिक साधारण सभाको सु अवसरमा करीम अन्सारीलाई उच्च कदर गर्दै सम्मान गरेका थिए।
सम्मान पत्रमा लेखिएको थियो :- तपाइले विशेषगरी बिराटनगर र आसपासका पालिकाहरुमा समेत लामो समयदेखि मानिसको मृत्यु हुँदा दाहसंस्कार कार्यमा निशुल्क बस सेवाहरु संचालन गराउदै आउनुभएको छ।
आज सम्म ६०० भन्दा बढि दाहसंस्कार कार्यमा यहाँले निशुल्क सेवा पुर्याईसक्नुभेको सुन्न पाउँदा हामि गौरान्वित समेत भएका छौ। अत : समाजका दिनदुखिहरुको निशुल्क सेवामा तपाइंले पुर्याउदै आउनुभएको यस पवित्र कार्यको उच्च कदर गर्दै यस श्री पब्लिक स्टार बहुउद्देशीय सहकारी संस्था लि को २२ औ वार्षिक साधारण सभाको सु अवसरमा तपाइलाइ यो सम्मान पत्र द्वारा सम्मानित गरिएको छ।
आगामी दिनहरुमा पनि यहाँको भावी यात्रा अझ बढी सफल र सार्थक रहने छ भन्ने विस्वासका साथ् यहाँको सु स्वाश्थ्य दिर्घायु एवंम उतोरोत्तर प्रगतिका लागि समेत हार्दिक शुभकामना व्यक्त गर्दछौ।

