वरिष्ठ डाक्टरहरुका साथ् लाइफ़्गार्ड हस्पिटलले सुरु गर्यो निशुल्क ओपिडी सेवा

0 Shares

विराटनगरको चिरपरिचित अस्पतालको रूपमा ख्याति कमाएको विराटनगर-५ स्थित लाइफगार्ड हस्पिटलमा सेवाग्राहीको भरोसा अटुट रहेको पाइएको छ ।
लाइफ गार्डमा वरिष्ठ डाक्टरहरुको आगमनले उपचार गर्न आउने विरामीहरुको संख्या अहिले बढ्दो क्रममा रहेको छ।

हस्पिटलमा उपचार लिन आउने विरामीको चापले नै लाइफ गार्ड हस्पिटलको लोकप्रियतालाई प्रमाणित गरेको छ । लाइफ गार्ड हस्पिटलमा पहिलो पटक उपचारका लागि आउने विरामीे चिकित्सक, स्वास्थ्यकर्मीबाट पाउने गुणस्तरीय उपचार सेवा एवं अपनत्वबाट यति प्रभावित छन् की उनीहरू अब अन्य कुनै अस्पतालमा जानै चाहँदैनन् ।

लाइफ गार्ड हस्पिटलमा वरिष्ठ मधुमेह, थाइराइड हार्मोन रोग विशेषज्ञ डाक्टर प्रताप कुमार राय, वरिष्ठ नसा, स्नायु तथा मानसिक रोग विशेषज्ञ डाक्टर प्रिथि बहादुर राई, वरिष्ठ नाक कान घांटी रोग विशेषज्ञ डाक्टर बरुण देव र वरिष्ठ फिजिसियन डाक्टर सन्तोस कुमार महतोको आगमनले बिरामीहरुलाई थप उपचार सेवाको लाभ उठाउन मद्दत पुगेको छ।

वरिष्ठ डाक्टरहरुको आगमन संगै हस्पिटलले सिमित अवधिका लागि निशुल्क फिजिसियन ओपिडी सेवा र हरेक जांच मा २५ प्रतिशत छुट व्यवस्था रहेको हस्पिटल ले जानकारी दिए।

साथै जनरल मेडिसिन, नवजात शिशु तथा बाल रोग, हार्डजोर्नी तथा नशा रोग, स्त्री तथा प्रशुती रोग, नाक, कान तथा घाँटी रोग, जनरल सर्जरी, युरो सर्जरी, म्याक्सिलोफेसियल सर्जरी, फिजियोथेरापी लगायतका सेवा सस्तो र सुलभ दरमा लाइफ गार्ड हस्पिटलमा संचालन भइरहेको छ । साथै लाइफ गार्ड हस्पिटलमा आइसीयु, एनआइसीयु र पीआइसीयु भेन्टिलेटर सहितको उपचार सेवा र चिरेर वा दुरबीन प्रविधिद्वारा साधारण र जटिल शल्यक्रिया उपलब्ध रहेको छ ।

सम्बन्धित समाचारसबै