कैलालीमा बस दुर्घटना हुँदा चार जना घाइते-BHITRAKOKHABAR

0 Shares

कैलालीको लम्कीचुहा नगरपालिका ३ गोराङ्गेमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

काठमाडौंबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००२ नम्बरको बस आज बिहान सडक किनारमा पल्टिएको थियो ।

बसमा सवार ४५ जना यात्रुहरुमध्ये चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा दार्चुलाकी एक किशोरी अचेत अवस्थामा छिन् ।

अरु तीन जना घाइते भने सामान्य अवस्थामा छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

सम्बन्धित समाचारसबै