चलचित्र ‘लाज शरणम’ मा मेयर बालेन्द्र साहको र्‍याप-BHITRAKOKHABAR-

0 Shares

‘सक्किगोनी’ टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम’ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको र्‍याप हेर्न पाइने भएको छ । बालेनले कुनै पनि चलचित्रका लागि पहिलो पटक स्वर दिएका हुन् ।निर्माण पक्षले आज दिउँसो उक्त र्‍याप युट्युबमा रिलिजको तयारी गरेको छ।

बालेन आफैँले लेखेको यो र्‍याप नयाँ भने होइन । उनले केही वर्ष अगाडि नै लेखेर रेकर्डसमेत गराएका थिए ।सन् २०१५ मा नै बालेनको आफ्नै युट्युब च्यानलबाट अडियो रिलिज गरिएको थियो । भिडिओ भने बनेको थिएन ।

यसले अहिलेसम्म ३ लाख ८३ हजार भ्यूज पाएको छ ।बालेनले यही र्‍याप ‘लाज शरणम’ मा प्रयोग गर्न अनुमति दिएका हुन् । अहिले यो र्‍यापलाई फेरी नयाँ रेकर्ड गराएर चलचित्रमा राखिएको हो ।

चलचित्र स्रोतका अनुसार र्‍यापमा बालेन स्वयम् देखिने भने छैनन् ।बालेनको यो र्‍याप निर्माण पक्षले सार्वजनिक गर्नु अगाडि नै भाइरल भइसकेको छ ।

धेरैले युट्युबबाट अडियो डाउनलोड गरेर टिकटकमा हालिरहेका छन् । यद्यपि, लाज शरणमका लागि बनाइएको भिडिओ भने लिक भएको छैन ।

सम्बन्धित समाचारसबै