एलन मस्कले आफैं गर्भधारण गर्न चाहन्छन् -BHITRAKOKHABAR

0 Shares

एक्समा उट्पट्याङ पोस्ट गरिरहने एलन मस्कले आफैं गर्भधारण गर्ने चाहना व्यक्त गरेका छन् ।

१२ जना सन्तानका पिता उनलाई एक इन्फ्लुएन्सरले आफूले मस्कको १३ औं सन्तानलाई जन्म दिएको मजाक गरेपछि हंगामा भएको थियो ।

एक्समा एक र्‍यान्डम प्रयोगकर्ताले प्रजननबारे प्रश्न गरेका थिए, ‘केटा मान्छेले पनि बच्चा जन्माउन सक्ने भए एलन मस्क यतिबेला आफ्नो १७ औं गर्भधारणमा हुन्थे,’ पोस्टमा लेखिएको थियो ।

लिंग परिवर्तन गराएका अर्थात् ट्रान्समेनले गर्भधारण गरेका भने उदाहरण छन् । तर, पुरुषले नै गर्भधारण गर्न सक्ने प्रविधि विकासबाट धर्ती अझै निकै पर छ।

यस्तोमा पाठेघर ट्रान्सप्लान्ट गरेर हुन सक्ने केही वैज्ञानिकहरूको दाबी छ। एक्सको एआई साइट ग्रोकले मस्क गर्भवती भएको अनेकौं तस्वीर पनि बनाएको थियो ।

सम्बन्धित समाचारसबै