सरकारले संसद्मा पेस भएको अध्यादेश यही फागुन २२ गतेभित्र निर्णयार्थ प्रस्तुत गर्ने भएको छ।
भूमि अध्यादेश फिर्ता नलिई अन्य ५ वटासमेत स्वीकृत नगर्ने अडान लिएको जनता समाजवादी पार्टी नेपालका नेतासँग शनिबारदेखि नै छलफल थालिने नेताहरू बताउँछन्।
फागुन २० गतेभित्र जसपा नेपाललाई सहमत बनाएर २१ वा २२ गते बस्ने संसद् बैठकमा ६ वटै अध्यादेश पेस गर्ने सहमति जुटेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
सरकारलाई सफल पार्न गठन भएको नेपाली कांग्रेस र नेकपा एमाले नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको उनले बताए।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जसपा नेपालले स्वीकार गरेको छैन। उसले सो अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेको छ।