सापटी दिएको पैसा फिर्ता माग्दा साँझ झगडा पर्‍यो, बेलुका हत्या-BHITRAKOKHABAR-

0 Shares

बैतडीमा खाँना खाँदै गरेका एक युवकको छिमेकीले गोली हानी हत्या गरेका छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका –८ कालागाउँ चौसिलाका २३ वर्षीय सुरेन्द्र विष्टलाई दाजु नाता पर्ने छिमेकी ४५ वर्षीय कर्णबहादुर विष्टले गोली हानी हत्या गरेका हुन्।

शनिबार बेलुकी ८ बजेतिर होटेलमा साथीहरुसंग खाना खाँदै गरेको समयमा कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी मितेन्द्र मिश्रले जानकारी दिए।

हत्या गरिएका सुरेन्द्र जिप चालक हुन्।

शनिबार उनी स्थानीय एउटा होटेलमा जिप पार्क गरी चार जना साथीहरुसंगै बसेर खाना खाइरहेका थिए। सुरेन्द्र सँधै सोही होटलमा  खाना खान्थे।

८ बजेको हुँदो हो। कर्णबहादुर राति भरूवा बन्दुक लिएर सोही होटलमा पुगेका थिए। त्यसपछि सरासर सुरेन्द्र खाना खाइरहेको ठाउँमा गए र ढाडमा गोली हानी त्यहाँबाट भागे।

त्यसपछि सँगै खाना खाइरहेका एक जनाले सुरेन्द्रलाई समातेर बसेको र बाँकी दुईजना कर्णबहादुरलाई लखेट्दै गएको डिएसपी मिश्रले बताए। रातिको समयमा जंगलै जंगल भागेका कर्णबहादुरलाई उनीहरूले समात्न सकेनन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरेन्दले कर्णबहादुरबाट ४० हजार रूपैयाँ  पैसा लिन बाँकी रहेछ। त्यही विषयमा शनिबार साँझ पनि झगडा भएको थियो। झगडाको क्रममा सुरेन्द्रले कर्णबहादुर दुई झापड हानेका थिए। झगडा गाउँलेहरूले छुटाएका थिए।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडुकाअनुसार सापटी रकम फिर्ता माग्ने क्रममा झगडा सुरू भएको त्यही कारणले सुरेन्द्रको हत्या भएको थियो।

प्रहरी चौकी खोच्लेको टोलीले स्थानीयको सहयोगमा उद्धार गरी घाइते सुरेन्द्रलाई साढे ११ बजेतिर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सुरेन्द्रमाथि गोली प्रहारपछि फरार रहेका कर्णबहादुरको खोजी व्यापक पारिएको प्रहरी निरीक्षक बडुले बताए।

‘म सहितको प्रहरी तीनवटा फरक टोली बनाइ जंगलमा फरार व्यक्तिको खोजीमा खटेका छौं,’ उनले भने ‘ भारतसँगको सीमा नाका, राजमार्ग र अन्य नाकाहरु सबै सिल गरिएको छ।’

बन्दुक प्रहारको घटनाबारे थप कुरा संलग्न व्यक्ति पक्राउ परेपछि थाहा हुने डिएसपी मिश्रले बताए।

 

सम्बन्धित समाचारसबै