विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुने आयोजकले जनाएको छ।
विराटनगरको साथ फुटबलको विकासुभन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए । उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ ।
एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।भोलिको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।
गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् ।