0
Shares
वसन्त ऋतुको आगमन भइसकेको छ । यसको सङ्केत राजधानी काठमाडौँका सडकमा रोपिएका विभिन्न फलफूलका रुखहरूले पनि दिइरहेका छन् । फुल फुलेपछि काठमाडौँका सडक तथा पार्कहरू अझ सुन्दर देखिन थालेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास, भृकुटीमण्डप तथा तीनकुने लगायतका सडक वरपर फुलेका चेरी र आरुका फूल निकै आकर्षक देखिएका छ।
धेरै गर्मी नहुने र धेरै जाडो पनि नहुने वसन्त यामलाई प्रकृतिको काँचुली फेर्न ऋतुको रुपमासमेत चिनिन्छ । 