गर्मी मौसम भन्नेबित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरस को संक्रमण बढी हुने गर्छ का लाईनिङ हरुमा जलन, सुजन एवम् क्षयका कारण उत्पन्न हुने समस्या नै ग्यासट्राईटिस हो । स्वास्थ्य अवस्था अनुसार, व्यक्तिमा यसको अवधि छोटो वा लामो दुवै रुपमा देखापर्दछ ।यहाँका युवादेखि वृद्वसम्मका थुप्रै जनसंख्या यस समस्याको सिकार भएको देखिन्छ । तथापि यस रोगको सबल पक्ष के हो भने, उचित औषधीको सेवन तथा जीवनशैलीको परिवर्तनबाट मात्रै पनि यसको निदान निर्मुलीकरण गर्न सकिन्छ ।यो रोग एकबाट अर्काे व्यक्तिमा सर्दैन । तर, यस रोगको प्रमुख कारण ब्याक्टेरिया भने एकबाट अर्काेमा सर्नसक्छ । यसकारण पनि हामीले खानुअघि आफ्ना हातसँगै खानेकुरा पनि राम्ररी पखाल्ने बानी बसाल्नुपर्छ ।
ग्यासट्राईटिसका केहि सामान्य कारणहरुलाई निम्न प्रकारले सुचीबद्व रुपमा व्याख्या गरिएको छ
अत्याधिक मदिरा सेवनले पेटका भित्ताहरुमा क्षय निम्त्याउन सक्छ । तसर्थ मदिराको अत्याधिक सेवनले पनि व्यक्तिमा ग्यासट्राईटिसका समस्या निम्त्याउँछ ।
ब्याक्टेरियल संक्रमणले पनि ग्याईट्राटिसको सम्भावना बढाउँछ ।
पित्त पछाडि सर्दा ।जस्तै: शरीरमा फ्याट बढाउने खानेकुरा पचाउनका लागि पेटले पित्तको उत्पादन गर्दछ ।तर, यदि सो पित्त सानो आन्द्रामा नभई पेटमा नै फर्किएको खण्डमा यसले पनि व्यक्तिमा ग्यासट्राईटिसको जोखिमलाई बढावा दिन्छ । केहि विशेष औषधीको सेवनले पेटको अस्तरमा दुस्प्रभाव बढाउँछ र, व्यक्तिमा ग्यास्टाइटिसको समस्या पैदा गर्न सक्छ ।शरीरमा चोटपटक लाग्दा पनि त्यसले व्यक्तिमा ग्यास्ट्राईटिसको जोखिमलाई बढाउँछ ।यद्यपि यसका लागि चोटपटक पेटमा नै हुनुपर्छ भन्ने आवश्यक हुदैँन ।अर्थात्, पेटमा मात्रै नभएर अन्य भागमा भएका चोटपटक जस्तै जलन तथा मस्तिष्कको चोटपटकले पनि व्यक्तिमा ग्यासट्राइटिस हुने सम्भावना बढ्छ ।कहिलेकाहीँ शरीरको प्रतिरक्षा प्रणालीले पेटको अस्तरमा आक्रमण समेत गर्नसक्छ । तसर्थ त्यस्तो अवस्थाका पनि व्यक्तिमा ग्यासट्राईटिस देखा पर्दछ ।
