हृदयको उत्साहजनक खुलासा र आत्मविश्वासलाई उजागर गर्ने बताइन्छ “योगले”-BHITRAKOKHABAR-

0 Shares

योगाभ्यास प्राचीन भारतमा २,००० वर्षभन्दा बढी अगाडिबाट थालिएको हो। योगका धेरै किसिम भए पनि सबै खाले योग शरीर-मस्तिष्कको सम्बन्धमा केन्द्रित छन्, चाहे त्यो विन्यास होस् वा यिन योग वा ध्यान वा सासको अभ्यास नै किन नहोस्।

योगले शारीरिक फाइदा मात्र नभई त्यसले तपाईँको दिमागको लागि पनि राम्रो हुन सक्छ भन्ने प्रमाणहरू बढ्दा छन्। केही अनुसन्धानकर्ताहरूले यसले ‘पोस्टट्रमाटिक स्ट्रेस डिस्अर्डर’ (पीटीएसडी) भएका मानिसहरूलाई तिनीहरूका लक्षणहरूको सामना गर्न मद्दत गर्न सक्ने आशा पनि गरेका छन्।

योगले शरीरलाई पुग्ने फाइदाहरूबारे पक्कै पनि व्यापक अनुसन्धानहरू भएका छन्।

योग गर्ने प्रयास नगरेको मानिसले सबैभन्दा पहिला यो आश्चर्यजनक रूपमा कडा हुन्छ भन्ने थाहा पाउनुपर्छ।

यसले बल, लचिलोपन र मुटु-श्वासप्रश्वासको तन्दुरुस्तीमा सुधार गर्दछ। अध्ययनहरूले योगले मानिसको स्फूर्तिमा सुधार गर्न सक्ने देखाएको छ। यसले चोटहरू रोक्न सक्छ (यद्यपि यो सही तरिकाले नगरेमा चोटपटक पनि लाग्न सक्छ) र अन्य खेलहरूमा राम्रो प्रदर्शन गर्न मद्दत गर्छ। विश्वस्तरीय फुटबल खेलाडीहरू, अमेरिकी फुटबल खेलाडीहरू र बास्केटबल खेलाडीहरूले पनि यसबारे बोलेका छन्।

योग थुप्रै स्वास्थ्य समस्याहरूका लागि फाइदाजनक हुने भन्ने अनुसन्धानहरू धेरै भएका छन्।

उदाहरणका लागि, ‘सीजर’ हुनेहरूले योगाभ्यास गर्दा त्यसले उनीहरू बेहोस हुने सङ्ख्या उल्लेख्य मात्रामा घटेको वा पूर्ण रूपमा बन्द भएको देखिएको छ। योग ‘टाइप टू डाइबिटिज’लाई  व्यवस्थापन  गर्न, चरम पीडा कम गर्न र मस्तिष्काघातपछिको अवस्थाका लागि पनि उपयोगी हुने देखिएको छ।

यो ‘मल्टिपल स्क्लरोसिस’ भएका व्यक्तिहरूको जीवनको गुणस्तर सुधार्नमा फिजिओथेरपीभन्दा बढी प्रभावकारी भएको देखिएको छ र एउटा परीक्षणमा त यो क्यान्सरबाट बचेकाहरूका लागि पनि फाइदाजनक हुन सक्छ भनेर सुझाइएको छ।

यूकेको कार्डिफ यूनिभर्सिटीस्थित ब्रेन रिसर्च इमेजिङ सेन्टर (क्युब्रिक)की स्नायुवैज्ञानिक क्लाउडिआ मेट्स्लर-ब्याड्लीले योगले लामो समयसम्म स्वस्थ जीवन जिउन पनि मद्दत गर्ने बताएकी छन्।

तर योगले तपाईँको मस्तिष्कमा पनि सकारात्मक परिवर्तन गर्ने गरेको पाइएको छ। अध्ययनहरूले आत्मनिरीक्षण र आत्मनिर्देशित विचारमा संलग्न मस्तिष्कका भागको संरचना र कार्य दुवैलाई सकारात्मक प्रभाव पार्ने देखाएको छ। केही अनुसन्धानकर्ताहरूले यसको अर्थ यसले उमेरसँगै हुने र ‘न्युरोडिजेनरटिभ’ समस्या कम गर्ने क्षमता राख्छ।

“हामी सुजनले चाँडै उमेर बढाउने सोच्छौँ – जुन दीर्घकालीन तनावको कारण हुन सक्छ,”  मेट्स्लर-ब्याड्ली भन्छिन्। “कोर्टिजलजस्ता तनाव होर्मोनहरूले सुजन निम्त्याउँछन्, जसले रक्तचाप बढाउन सक्छ। पक्कै पनि, यी अस्वस्थ रूपमा हुने बुढ्यौलीका लागि जोखिम हुन्।”

ध्यान र माइन्डफुल्नेस योगाभ्यासका अभिन्न अङ्ग हुन् र यिनले “मेटाकग्निशन, मेटा-जागरुकता र तनावप्रति जनाइने भावनात्मक प्रतिक्रियाहरू महत्त्वपूर्ण हुने मस्तिष्क सञ्जालहरूमा परिवर्तनहरू प्रेरित गर्ने देखिन्छ।”

सम्बन्धित समाचारसबै