कति पयले यो समस्यालाई पायल्स भन्ने सोचेर पायल्सको औषधि खाइ रहेका हुन्छन् । मलद्वारको सबै समस्या पायल्स हुँदैन ।
सुत्केरी भएपछि केही सातापछि प्रसवको घाउ भरिँदै जान्छ । सुत्केरी महिला पहिलाभन्दा फूर्तिलो हुँदै आउँछिन् । फूर्तिलो हुँदै आउँछ भनेर ढुक्क बस्न सकिँदैन।
किनकी सुत्केरीलाई खानपिन र अन्य कारणले फिसरको समस्या आउन सक्छ । यो यस्तो समस्या हो, जसले शान्तसँग बस्न दिँदैन । दिसा गर्न असहज हुन्छ । दिसा गर्दा मलद्धार मा दुखाइ अत्याधिक गराउँछ ।दुखाइ बढ्दै गएमा चाहेर पनि बच्चाको रेखदेखसम्म राम्रोसँग हुन पाउँदैन । दिनचर्या नै बिगार्छ । यो समस्याबाट छुट्कारा पाउन दिनचर्या तथा खानपानमा ध्यान दिनु आवश्यक छ । समस्या बढ्दै गएमा ढिला नगरी चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।
फिसर भनेको के हो ?
प्रसवोत्तरमा हुने फिसर एक जटिल समस्या हो । यो समस्या हुँदा मलद्धारको भित्री छालामा सानो चिरा पर्छ । जसले गर्दा दिसा गर्न गाह्रो हुने र बल गर्दा रगत नै आउने गर्छ । यो समस्या अन्य बेलामा पनि हुनसक्छ । सुत्केरी महिलाहरूमा यो समस्या भएमा अझ बढी पीडादायी हुन सक्छ।
कतिपयले यो समस्यालाई पायल्स भन्ने सोचेर मनलाग्दी पायल्सको औषधि पनि खाइरहेका हुन्छन् । मलद्वारको सबै समस्या पायल्स हुँदैन । मलद्वारमा दुखाइ छैन, रगत मात्रा गएमा पायल्स हुनसक्छ ।
तर मलद्वारमा दुख्ने, रगत जाने, अझ दिसा कडा हुँदा झन् बढी रगत जाने र सँगै अत्याधिक दुख्ने भएमा फिसर अर्थात् मलद्वारको मुख च्यातिएको हुनसक्छ ।
सुत्केरी महिलाहरूमा फिसर किन हुन्छ ?
सुत्केरी महिलाहरूमा हर्मोनल परिवर्तनका कारण पाचन प्रणाली सुस्त हुन सक्छ। यस्तोमा फाइबरयुक्त खाना कम, चिल्लो मसालेदार खानेकुरा बढी खाने र आराम गर्नुपर्ने भएकोले खपत गर्न शारीरिक गतिविधि नै कम हुँदा दिसा अत्याधिक कडा भइदिन्छ । जसले दिसा सहज रुपमा आउन सक्दैँन ।

मस्तिष्कमा दिसा आएको संकेत आइरहेको तर पास हुन कठिन हुँदा बल लगाइने गरिन्छ ।
अत्याधिक बढी बल लगाउँदा मलद्धारको छाला च्यातिन सक्छ । जसकारण दिसासँगै रक्तश्राव हुनसक्छ ।
अर्को कारण भनेको लामो समयसम्म प्रसव प्रक्रिया चलेपछि मलद्धार क्षेत्रमा अत्याधिक दबाब पर्छ । बच्चा जन्माउने क्रममा अत्यधिक धकेल्दा मलद्धार वरपर चिरा पर्ने सम्भावना हुन्छ ।
यदि सुत्केरी हुन टाँका लगाउनु प¥यो भने पनि एनल फिसरको जोखिम बढ्छ ।
स्तनपान गराउने महिलाहरूमा शरीरमा पानीको मात्रा कम हुन सक्छ, जसले कब्जियतको समस्या गराइ फिसरको समस्या गराउन सक्छ ।
त्यस्तै, प्रसवपछिको हर्मोनल उतारचढावले शरीरको तन्तुहरूलाई कमजोर पार्न सक्छ, जसले गर्दा मलद्धार क्षेत्रमा घाउ पर्न सक्छ।
लक्षण
—दिसा गर्दा वा पछि रगत आउनु (पखालाको बेलाझैं रातो रगत देखिनु)
—दिसा गर्दा असह्य पीडा ।
—दिसा गर्न मन हुने तर बल गर्दा पनि नआउनु ।
— मलद्वारमा चिलाउने वा पोल्ने अनुभूति हुनु ।
—दिसा गर्दा वा पछि रगत आउनु (पखालाको बेला झैं रातो रगत देखिनु)
— दिसा गर्दा मलद्धार क्षेत्रमा घाउ भएको महसुस हुनु
—घाउ भए पछि उठ्न बस्न गाह्रो हुने गरी पोल्नु वा दुख्नु ।
यदि यी लक्षणहरू एक हप्ताभन्दा लामो समयसम्म रहिरहेमा, तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक छ ।
के यो समस्या आफैं निको हुन्छ ?
कतिपय अवस्थामा केही दिनभित्र आफैं निको हुन्छ। कतिपय अवस्थामा घरेलु उपचार र खानपानमा परिवर्तनको मद्दतले यो रोग निको पार्न सकिन्छ।