राजावादीको सक्रियता बढेपछि रोकिएको माओवादीको अभियान ७ गतेबाट सुरूहुने -BHITRAKOKHABAR

0 Shares

पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा तथा राजतन्त्र पुनर्स्थापनाका लागि भएको र्‍यालीका कारण स्थगित नेकपा माओवादी केन्द्रको अभियान फेरि सुरु हुने भएको छ ।

माओवादी केन्द्रले गत फागुन १२ गतेदेखि तराई–मधेस जागरण अभियान थालेको थियो । झापाको कञ्चनकवलबाट सुरु भएको अभियान राजावादीहरू सक्रिय भएपछि रौतहटमा पुगेर स्थगित गरिएको थियो ।

अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहट पुगेपछि स्थगित भएको थियो ।

राजावादीसँग प्रतिआक्रमणमा उत्रन सक्ने खतरालाई मध्येनजर गरेर ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ स्थगन भएको थियो । तर, चैत ७ गते बिहीबारबाट अभियान सुरु हुने माओवादी केन्द्रले जानकारी दिएको छ ।

अभियानमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित शीर्ष नेताहरू आजै बाराको सिमरा जाँदै छन् ।

माओवादी केन्द्रका शिर्ष नेताहरु मधेसको कार्यक्रम सकेर चैत्र ९ गते चितवनको अभियानमा सहभागी हुने छन् ।

हुलाकी मार्ग हुँदै सञ्चालन भइरहेको यो अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन गर्ने माओवादीको तयारी छ ।

सम्बन्धित समाचारसबै