‘अद्भुत र अलौकिक अनुभव’: आईएसएसमा अन्तरिक्षयात्रीहरू के गरेर समय कटाउँ छन्

0 Shares

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नौ महिना फसेका नासाका दुई अन्तरिक्षयात्री सुनीता विलिअम्स र बुच विल्मोर ‘स्पेसएक्स क्रू ड्र्यागन’ चढेर पृथ्वी फर्किँदै छन्। उनीहरूको यात्रा १७ घण्टा लामो हुने अनुमान छ।

नेपाली समयानुसार उनीहरू बुधवार बिहान सबेरै आइपुग्ने ठानिएको छ।

बोइङ स्टारलाइनर क्याप्स्यूलको परीक्षण उडानमा सहभागी हुँदै उनीहरू गत जुन महिनामा आठ दिनका लागि भनेर अन्तरिक्षमा गएका थिए। तर उक्त यानमा प्राविधिक समस्या उत्पन्न भएपछि उनीहरू अन्तरिक्ष स्टेशनमै बस्न बाध्य भए।गत वर्ष विलिअम्सले आईएसएसलाई आफ्नो “खुसीको स्थान” भनेकी थिइन् भने विल्मोरले त्यहाँ बस्न पाउँदा आफू “कृतज्ञ” भएको टिप्पणी गरेका थिए।

तर पृथ्वीभन्दा ४०० किलोमिटर टाढा बस्दा खासमा कस्तो महसुस हुन्छ? अन्तरिक्षयात्रीहरू एकआपसमा आइलाग्ने समस्या कसरी सुल्झाउँछन्? कसरी कसरत गर्छन् र लुगा धुन्छन्?

के खान्छन् र महत्त्वपूर्ण कुरा अन्तरिक्षको ‘गन्ध’ कस्तो हुन्छ?

अन्तरिक्षयात्रीको दिनका प्रत्येक पाँच मिनेट पृथ्वीमा रहेको मिशन कन्ट्रोलले विभाजित गरिरहेको हुन्छ।

उनीहरू छिटै उठ्छन्। ‘जीएमटी’को बिहान ६:३० बजे अन्तरिक्षयात्री फोन बूथजत्रो ‘हार्मनी’ नाम दिइएको शयनकक्षबाट बाहिर निस्किन्छन्।

“विश्वकै राम्रो स्लीपिङ ब्याग हुन्छ त्यहाँ,” सन् २००९ र २०११ मा गरी दुई पटकको यात्रामा गरेर १०४ दिन अन्तरिक्षमा बिताएकी अमेरिकी अन्तरिक्षयात्री निकोल स्टटले बताइन्।

सानासाना भागमा बाँडिएका कम्पाट्मन्टहरूमा ल्याप्टप कम्प्युटर हुन्छन्। अन्तरिक्षयात्रीहरू परिवारसँग तिनको प्रयोग गरेर सम्पर्कमा रहन्छन्। अनि उनीहरूका तस्बिर या पुस्तकजस्ता व्यक्तिगत वस्तु राख्ने स्थान पनि त्यहाँ तोकिएको हुन्छ।

त्यसपछि अन्तरिक्षयात्रीहरूले शौचालय प्रयोग गर्न सक्छन् र त्यहाँ ‘सक्शन’ प्रणाली जडान गरिएको हुन्छ। धेरैजसो पसिना र पिसाब पुनर्प्रयोग गरी पिउने पानी बनाइन्छ। तर अहिले आईएसएसमा समस्या आएका कारण अन्तरिक्षयात्रीहरूको पिसाब सङ्कलन भइरहेको छ।

त्यसपछि अन्तरिक्षयात्रीहरू काममा लाग्छन्।

आईएसएसको मर्मतसम्भार अथवा वैज्ञानिक परीक्षणमा नै उनीहरूको महत्त्वपूर्ण समय व्यतीत हुन्छ । आईएसएसको आकार बकिङ्घम दरबारको जत्रो वा अमेरिकी फुटबल फील्डजत्रो छ।

“भित्रचाहिँ धेरै बसहरू एकपछि अर्को जोडेर राखिएकोजस्तो हुन्छ। आधा दिनसम्म अर्को यात्रीको अनुहार नदेखिन पनि सक्छ,” ‘एक्स्पडिशन ३५ मिशन'(सन् २०१२-१३)का कमान्डर रहेका क्यानडेली अन्तरिक्षयात्री क्रिश ह्याड्फील्ड भन्छन्।

उनी भन्छन्, “मानिसहरू स्टेशनमा व्यर्थमा यताउता गर्दैनन्। यो ठूलो र शान्त छ।” अन्तरिक्षयात्रीहरूले चुनौतीपूर्ण भौतिक वातावरणमा मुटु, मस्तिष्क र रगतले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने मापन गरिरहने उपकरण लगाएका हुन्छन्।

आईएसएसमा परीक्षणका लागि छ वटा प्रयोगशाला छन्।

“हामी परीक्षणमा प्रयोग गरिने ‘गिनिपिग’जस्तै हौँ,” स्टट भन्छिन्, “अन्तरिक्षले तपाईँको हड्डी र मांसपेशीको बुढो हुने प्रक्रियालाई तीव्रतर हुने वातावरण बनाउँछ र वैज्ञानिकहरूले त्यसबाट सिक्न सक्छन्।”

यदि अन्तरिक्षयात्रीले सके भने मिशन कन्ट्रोलले अनुमान गरेभन्दा छिटो पनि काम गर्छन्।
सम्बन्धित समाचारसबै