क्यानडामा अचानक चुनावको घोषणा : व्यापार युद्ध र ट्रम्पको धम्कीको कस्तो पर्ला असर ? -BHITRAKOKHABAR

0 Shares

जस्टिन ट्रुडोको राजीनामापछि पदभार ग्रहण गरेका क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले देशमा चुनावको मिति घोषणा गरेका छन् । व्यापार युद्ध र डोनाल्ड ट्रम्पको धम्कीको बिचमा अप्रिल २८ मा निर्धारित समयभन्दा अगाडि नै चुनाव हुनेछ । प्रधानमन्त्री कार्नीले अचानक चुनाव घोषणा गरेर सबैलाई चकित पारेका छन् । क्यानडामा चुनाव सामान्यता यस वर्ष अक्टोबरमा हुँदै थियो ।

वर्तमान लिबरल पार्टीभन्दा पनि बलियो जनादेश भएको सरकार सुनिश्चित गर्न समयमै चुनावको आह्वान गरेको कार्नीले बताए । छिमेकी अमेरिकासँगको व्यापार युद्ध र राष्ट्रपति ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउँछु भनेर बारम्बार दिएको धम्कीलाई ध्यानमा राख्दा यो कदमले महत्त्व राख्छ । यी दुवै मोर्चा क्यानडा अडिग छ र अमेरिकासँग दृढतापूर्वक लडिरहेको छ ।

‘मैले भर्खरै गभर्नर जनरललाई संसद् विघटन गर्न र अप्रिल २८ मा चुनाव आह्वान गर्न अनुरोध गरेको छ, उनले पनि आफ्नो सहमति दिएका छन् ।’  ब्रिटिस कमनवेल्थका सदस्य, क्यानडाका प्रतिनिधि राजा चाल्र्स तृतीयलाई सङ्केत गर्दै कार्नीले भने ।

आफूहरूमाथि आफ्नो अधिकार स्थापित गर्न सकियोस् भनेर ट्रम्पले क्यानडालाई तोड्न चाहेको पनि उनले बताए । तर आफूहरूले यस्तो हुन नदिनेमा उनले जोड दिएका थिए । यो खतरा गम्भीर भएको दाबी पनि उनले गरेका थिए ।

कार्नीले मार्च १४ मा क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । क्यानडाले धेरै मोर्चामा सङ्कटको सामना गरिरहेको बेला उनले देशको बागडोर सम्हालेका थिए । प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि आफ्नो पहिलो सम्बोधनमा कार्नीले वर्तमान समयका चुनौतीहरूको सामना गर्ने सरकार गठन गर्ने भनेका थिए ।

सम्बन्धित समाचारसबै