0
Shares
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्दैछ ।
मोर्चाले प्रदर्शनमागस्थित पर्यटन बोर्ड र सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ ।मुख्य सडकमै मञ्च बनाइएपछि सवारी साधन डाइभर्ट गरिएको छ । मोर्चामा आबद्ध प्रमुख दलहरूमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन् । समाजवादी मोर्चाले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न प्रदर्शन गर्न लागेको जनाएको छ ।