0
Shares
नेपालगन्ज –बाँकेमा हात्तीकाे आक्रमणबाट माउतेकाे मृत्यु भएकाे छ ।
काेहलपुर नगरपालिका वडा नम्बर १२, खड्गवारमा रहेकाे हात्तीसारमा घाँस हाल्न गएका माउतेलाई हात्तीले आक्रमण गरेकाे थियाे ।
हात्तीले हान्दा माउते आशाराम थारुकाे मृत्यु भएकाे हाे । बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नम्बर ९, बानुगाउँ निवासी ४५ वर्षीय थारु हात्तीसारमा कार्यरत थिए ।
गणेशगज नामकाे हात्तीले थारुलाई आक्रमण गरेकाे थियाे । थारुकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले बताएकाे छ । बाँके राष्ट्रिय निकुन्जले पालेकाे हात्ती खड्गवारस्थित हात्तीसारमा राख्ने गरिन्छ ।
निकुन्जले अलि बदमास हात्तीलाई बाँधेरै राख्ने गरेकाे छ । त्यस्ता हात्तीमा निकुन्जमा आउने पर्यटकलाई बसाइँदैन भने मेला महाेत्सवमा हात्ती देखाउन ल्याउने गरिन्न ।