बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते-BHITRAKOKHABAR

0 Shares

बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर-२ कटेरीमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ । उक्त जिप बोङ्गादोभानबाट कटेरीतर्फ जाँदै गरेको थियो । जिपमा चालकसहित ११ जना थिए ।

कच्ची बाटोमा उकालो चढ्ने क्रममा ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थल प्रहरी चौकी बोङ्गादोभान बागलुङबाट अन्दाजी ५ किलोमिटर उत्तरमा पर्दछ ।

सम्बन्धित समाचारसबै