विराटनगर, नेपाल मुस्लिम संघ मोरङ जिल्ला कार्यसमिति परिवारको आयोजनामा मंगलबार विराटनगरमा इद मिलन, नयाँ वर्ष २०८२ तथा सिरुवा पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम नेपाल मुस्लिम संघ मोरङका जिल्ला अध्यक्ष केहकशा काैशरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति देखिएको थियो । कार्यक्रममा माओवादी केन्द्रका पूर्वमन्त्री शिवकुमार मण्डल प्रदेश सांसदहरू अमृत आर्याल, इसराइल मन्सुरी, भीम पराजुली, गयानन्द मण्डल लगायतका नेताहरूको समेत उपस्थिति रहेको थियो। साथै कार्यक्रम मा जिल्ला प्रसासन कार्यालयका प्रमुख इन्द्रदेव यादवको समेत उपस्तिथी रहेको थियो।
त्यसैगरी, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, कांग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझि, सचिव ललित श्रेष्ठ, जसपा मोरङका अध्यक्ष नस्रुल अन्सारी, समाजसेवीहरू हसन अन्सारी, सलीम अन्सारी, मन्सुर आलम, पवन सुराना, आजम परवेज लगायत सम्पूर्ण मोरङ जिल्लाका विभिन्न पार्टीका नेताहरू कार्यक्रममा सहभागीता रहेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा समाजसेवी करीम अन्सारीलाई सम्मान गरिएको थियो। अन्सारीले विगत तीन वर्षदेखि हिन्दू समुदायका लागि निःशुल्क मलामी बस सेवा प्रदान गर्दै आएका छन्। अहिलेसम्म उनले ६३० वटा मलामी सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराइसकेका छन्। सोही योगदानको कदर गर्दै उनलाई कार्यक्रममै कदरपत्र सहित सम्मान गरिएको अध्यक्ष कौशरले जानकारी दिए।
कार्यक्रममा इद मिलन, नयाँ वर्ष २०८२ तथा सिरुवा पर्वको अवसरमा शुभकामना आदान–प्रदान साथै समुदायबीच आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरिएको थियो।
कार्यक्रमका फोटाहरु :-
