अध्यक्ष ओझा चीन जाँदै आईएआईएसको बैठकमा भाग लिन बीमा प्राधिकरणका

0 Shares

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासहितको बीमा प्राधिकरणको टनेली आज चीनको संघाई जाँदैछन् ।

अन्तर्राष्ट्रिय बीमा नियामक संस्था आईएआईएसको यही अप्रिल २२ र २३ मा चीनमा हुने बीमा नियामकहरुको उच्च स्तरीय अन्तर्राष्ट्रिय सेमिनारमा भाग लिन प्राधिकरणका अध्यक्ष ओझा र कार्यकारी निर्देशक सुशिल सुवेदी चीन भ्रमणमा जान लागेका हुन् । बीमा प्राधिकरणको टोली यही १९ देखि २५ अप्रिलसम्म चीन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संघ (आईएआईएस) को एसियाली स्तरको बैठक चीनमा हुँदैछ । सो बैठकमा भाग लिन लागेको अर्थमन्त्रालय सम्बद्ध स्रोतले पुष्टि गरेको छ । बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक सुवेदी आगामी बिहिबार स्वदेश फर्कने छन् ।

सम्बन्धित समाचारसबै