सरकारी कार्यालयको पुँजीगत खर्च न्यून

0 Shares

पर्सा– पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ।

चालु आवमा पर्साका सरकारी कार्यालयका लागि रु दुई अर्ब ७३ करोड पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् रु ७६ करोड ६० लाख रकम मात्रै खर्च गरेका छन्।

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताए।

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ रु १० अर्ब ६२ करोड विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् रु छ अर्ब ८९ करोड खर्च भएको छ।

सम्बन्धित समाचारसबै