संसदमा सांसदहरू देखिने गरी प्रस्तुत हुन प्रचण्डको निर्देशन-BHITRAKOKHABAR

0 Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा देखिने गरी प्रस्तुत हुन सांसदहरूलाई निर्देशन गरेका छन् ।

‘जनतासँग माओवादी जागरण अभियान’का क्रममा नागरिकले उठाएका विषय र सरकारको काम कारबाहीलाई नजिकबाट नियालेर प्रस्तुत हुनुपर्ने उनको आग्रह छ ।

संघीय संसदको वर्षे अधिवेशन शुक्रबारबा सुरु हुँदैछ । त्यसको पूर्वसन्ध्यामा माओवादीको संसदीय दलको बैठक बसेको थियो । जहाँ अध्यक्ष प्रचण्डले सडक र सदन दुवैतिर आफूहरू सशक्त हुन आवश्यक रहेको बताए ।

‘अभियानका क्रममा जनताले जुन खालको अपेक्षा र विश्वास व्यक्त गरेका छन् । जनताका ती आवजलाइ संसदमा ठीक ढंगले लैजाने’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रमुख सचेतक हितराज पाण्डेले भने ।

पार्टीको मूल नीति सदन, सडक र सरकार तिन वटैबाट जनताको आवाज उठाउने रहेको उल्लेख गर्दै उनले संघीय सरकारमा नरहेकाले संसद र सडकको सदुपयोग गर्नुपर्ने बताए ।

माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ गत फागुन १२ गते सुरु भएको थियो । बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको अआएको थियो । यो अभियान वैशाख १७ गते कञ्चनपुर पुगेर सकिँदैछ ।

सम्बन्धित समाचारसबै