तारकेश्वरमा नक्कली कागजात कारखानामा प्रहरीको छापा, तीन जना पक्राउ

0 Shares
काठमाडौं – काठमाडौंको फुटुङबाट नक्कली कागजात बनाउने गिरोह प्रहरीको फन्दामा परेको छ।
तारकेश्वर नगरपालिका–७ मा सञ्चालित कारखानामा प्रहरीले बुधबार छापा मारेर तीन जनालाई पक्राउ गरेको हो। उनीहरूले विगत ८ वर्षदेखि सरकारी र निजी क्षेत्रका दर्जनौं प्रकारका कागजातहरू नक्कली बनाउँदै आएको खुलासा भएको छ।
पक्राउ पर्नेमा गोरखाका अञ्जनी बयलकोटी, ओखलढुंगाका निर्मल खड्का र मकवानपुरकी अञ्जु खत्री रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले शैक्षिक प्रमाणपत्र, स्थानीय तहका सिफारिस, बैंक तथा वित्तीय संस्थाका कागजात, सवारी चालक अनुमति पत्र, जग्गाधनी पूर्जादेखि डिपेन्डेन्ट भिसाका लागि आवश्यक पर्ने नक्कली विवाह दर्तासम्म तयार पार्ने गरेको खुलेको छ।
यस अपरेशनबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक जानकारी दिएको हो। प्रहरीले गिरोहका अरू सदस्यको खोजी तीव्र बनाएको जनाएको छ।
कागजातको व्यापारले नीतिगत भ्रष्टाचारलाई मलजल गरिरहेको सन्दर्भमा यस प्रकारका कारखानाले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
सम्बन्धित समाचारसबै