एमालेको कार्यक्रम सकिएपछि रत्नपार्कमै राजावादीको प्रदर्शन हुने

0 Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

एकै दिन, एकै स्थानमा कार्यक्रम तय भएपछि दुई समूहका लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा एमालेको कार्यक्रम दिउँसो २ बजे सम्ममा सक्ने र त्यसपछि सोही स्थानमा राजावादीहरूले कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।

१५ जेस्ठलाई एमालेले गणतन्त्र उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापना लगायतको माग राख्दै प्रदर्शन आयोजना गरेका छन् ।

सम्बन्धित समाचारसबै