प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन चलायो गोली

0 Shares

काठमाडौं ।काठमाडौंको टोखामा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन  प्रहरीले गोली चलाएको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले २ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

गोली चल्दा २ जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर बरामद गरेको छ । नेपाल प्रहरीका एसएसपी कृष्ण कोइरालाका अनुसार घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ छन् ।

सम्बन्धित समाचारसबै