गोल्डेन हस्पिटलको औषधि सहित निशुल्क स्वाश्थ्य शिविर

0 Shares

गोल्डेन हस्पिटल बिराटनगरले कानेपोखरी गाउँपालिकाको संयुक्त आयोजनामा निशुल्क स्वाश्थ्य शिविरको कार्यक्रम गरेको छ ।

स्त्रीरोग विशेषज्ञ द्वारा महिलाहरुको पाठेघर ,स्तन क्यान्सर सम्बन्धि स्किनिंग क्याम्प २०८० एक दिने शिविरको कार्यक्रम गरेको हो।
कानेपोखरी गाउँपालिकाको ३ न वडा कार्यालयको भवन हरकपूरमा संचालन गरेको शिविरमा गोल्डेन हस्पिटल बिराटनगर को चिकित्सकको टोलि सहित भिडियो एक्सरे ,इ सि जि ब्लड सुगर,प्रेसर चेक जाच तथा निशुल्क बालरोग विशेषज्ञ द्वारा सेवा र स्त्री रोग विशेष पाठेघर,स्तन क्यान्सर स्क्रिनिंग जाँच सहित औषधि समेत निशुल्क बितरण गरेको हो ।

गोल्डेन अस्पताल प्रबन्धक सुधिर सिंह राठौरले जानकारी दिए अनुसार महिला पुरुष र वृद्ध गरि लगभग १९० भन्दा बढी स्थानियहरुले लाभ उठाएको र ४४ जना भन्दा बढि महिलाहरुको निशुल्क पाठेघर क्यान्सरको परिक्षण गरिएको बताए ।

शिविरमा गोल्डेन हस्पिटलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा .प्रकृति आचार्य र नवजात शिशु तथा बालरोग विशेषज्ञ डा सन्तोष कुमार यादब
सहित स्थानिय कानेपोखरी स्वाश्थ्य शाखा प्रमुख उदय कान्त सेठ र अस्पतालका कर्मचारीहरुको सहयोगमा सिविरले सफल्ता पाएको बताए ।

गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।

फोटाहरु :-

सम्बन्धित समाचारसबै