0
Shares
ललितपुरको धोबिघाटस्थित होस्टलमा विदेशीमार्फत इस्लाम धर्म प्रचार भइरहेको सूचनापछि अध्यागमन विभाग र प्रहरीले संयुक्त छापा मारेका छन्।
अनुसन्धानमा हिमालय शिक्षा तथा हितेसी समाज नामक संस्थामा करिब ५० बालबालिकालाई केवल कुरआन पढाइ भइरहेको पाइएको छ। विद्यार्थीहरू कमजोर आर्थिक पृष्ठभूमिका वा अभिभावकविहीन रहेको अधिकारीहरूले बताए।
इन्डोनेसियाका तीन नागरिकले पर्यटक र अध्ययन भिसामा अध्यापन गरिरहेको भेटिएपछि पक्राउ गरी हिरासतमा राखिएको छ। अर्को होस्टलमा समेत पर्यटक भिसामा आएका विदेशी अध्यापन कार्यमा संलग्न भेटिएका छन्।
संस्थाका अध्यक्षले टर्की र बेलायतका संस्थाबाट ठूलो परिमाणको सहयोग आउने गरेको बयान दिएका छन्। अध्यागमन विभागले आर्थिक स्रोत र विदेशी संलग्नताबारे विस्तृत छानबिन सुरु गरेको छ।