इटहरीमा Tiandy ब्रान्डको डिलर मिट तथा सिप आदानप्रदान कार्यक्रम सम्पन्न ||

0 Shares

इटहरी, शनिबार। चीनमा निर्मित Tiandy ब्रान्डका सिसी क्यामेरा सम्बन्धी डिलर मिट तथा सिप आदानप्रदान कार्यक्रम शनिबार इटहरीमा सम्पन्न भएको छ। सुरक्षा प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा स्थापित यस कम्पनीले कोशी प्रदेशका लागि पहिलो पटक यस्ता किसिमको व्यापक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रम इटहरी–२० स्थित सोल्टी वेस्टर्न होटेलमा सम्पन्न भएको थियो। कार्यक्रममा वडाध्यक्ष मणिराम श्रेष्ठ, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारी, हाईटेक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत हरिकुमार श्रेष्ठ, तथा कोशी प्रदेश प्रमुख मिलन खड्का लगायतका अतिथिहरूको विशेष उपस्थिती रहेको थियो।

आयोजक संस्थाका अनुसार, कार्यक्रममा सहभागी डिलर तथा व्यवसायीहरूलाई आधुनिक सुरक्षा प्रणाली, क्यामेरा प्रविधि सञ्चालन, प्राविधिक समस्या समाधान र बजार व्यवस्थापन सम्बन्धी सिप आदानप्रदान गरिएको थियो।

Tiandy कम्पनीको स्थापना करिब ३० वर्षअघि भएको हो र हालसम्म विश्वका ८२ वटा देशमा आफ्ना उत्पादन विस्तार गरिसकेको छ। नेपालमा भने यस ब्रान्डले १५ वर्षदेखि बिक्री तथा वितरण गर्दै आएको छ।

विशेषज्ञहरूको भनाइमा, यस्ता कार्यक्रमहरूले स्थानीय बजारमा नयाँ प्रविधि परिचालनसँगै सुरक्षा प्रविधिमा आत्मनिर्भरता बढाउने र डिजिटल निगरानी प्रणालीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै