विराटनगर सास्कृतिक साझ २०८० हुने,कार्यक्रममा समाजसेवी गिरीको पुर्ण साथ

0 Shares

विराटनगर १ पोखरीया अवस्थित १००८ फील्डमा छठ पर्वलाई लक्षित गरी मंसीर ३ र ४ गते विराटनगर सास्कृतिक साझ २०८० हने भएको छ ।

सोमबार एक क्याफेमा अन्तरकृया कार्यक्रम राखी उक्त कार्यक्रममा प्रमख अतिथिका रुपमा समाज सेवी तथा युवा नेता अभिसेक गीरी उनको टोलि सहित प्रोग्राम संयोजक तेतरा कामत ( मानिस ) र वाई सी एल बिराटनगर महानगर उपाध्यक्ष सोनु अल हुसैनी लगायत समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

युवा नेता तथा समाज सेवी गिरीले पछिल्लो समय यता छिमेकि जिल्लाहरुमा हिन्दु मुस्लिमको विवाद चलिरहदा तेतरा कामतले सद्भाव कायम गर्न हिन्दु मुस्लिम एक रहेको उदाहरण पेस गरेकोमा सम्मान स्वरुप गिरीले कामतलाइ दोसल्ला खादा ओढाइ हौसला प्रदान गरेका थिए।

उक्त कार्यक्रममा गिरीले बोल्दै भने, देशमा सामाजिक कार्यमा लागेको युवा कमै मात्र देख्न सकिन्छ तसर्थ कामत सहित सास्कृतिक साझ २०८० का सम्पूर्ण सदस्यहरुलाई बधाई दिदै कार्यक्रममा आफु पुर्ण रुपमा समर्थन र सहयोग गर्ने प्रतिबद्दता जाहेर गरे।

सास्कृतिक साझ २०८०का प्रोग्राम संयोजक तेतरा कामतले कार्यक्रममा बोल्दै यो भन्दा अगाडि पनि सास्कृतिक कार्यक्रममा स्थानिय र समिति सदस्यहरुको सहयोगमा कार्यक्रम सफल भएको र केहि कमि कमजोरीहरु रहेकोमा सिक्दै जाने , धार्मीक सद्भाव कायम राख्ने र विराटनगरवासीलाई यस कार्यक्रम मा समर्थन र सहयोगको लागि अपिल पनि गरे।

विराटनगर सांस्कृतिक साझ २०८० मा नृत्य , झाकी,गायन तथा छिमेकि मलक भारतका कलाकार ,स्थानिय कलाकार सहित राजधानी बाट पनि कलाकारहरुको टोलिका साथ् विशेष प्रस्तति रहने संयोजक कामतले बताएका छन्।

सम्बन्धित समाचारसबै