विमानस्थल आसपास चंगा, ड्रोन तथा बेलुन उडाउन नपाइने

0 Shares

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ ।

केही दिनदेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने गरेको पाइएकाले त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेले बताए ।

‘विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘अवज्ञा वा अटेरगर्नेलाई कारवाही हुनेछ ।’

दसैं–तिहार नजिकिँदै जाँदा विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा उडाउने गरिन्छ ।

सम्बन्धित समाचारसबै