कांग्रेस वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन ||

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलियस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले नेता श्रेष्ठको निधनको पुष्टि गरेका हुन्।

दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ। तत्पश्चात शवयात्रासहित पशुपति आर्यघाटमा लगेर दाहसंस्कार गरिने पूर्वमन्त्री मेखलालले जानकारी दिएका छन्।

भर्खरै मात्र साउन ७ गते कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनीत गरेका थिए।

सम्बन्धित समाचारसबै