गोरखा कालिका मन्दिरमा दर्शन गर्नेको घुइँचो

0 Shares

बडा दसैंको आठौंदिन अर्थात महाअष्टमीका दिन आज बिहानैदेखि धार्मिक तथा ऐतिहासिक गोरखा कालिका मन्दिरमा दर्शन गर्ने र बलि दिनेको घुइँचो लागेको छ।

गोरखकाली मन्दिरमा आज महाअष्टमीको अबसरमा सरकारी बलि दिनको २ बजे पछि सुरु हुने र त्यस पछि सर्वसाधारणले बोका, राँगा र भेडा लगायतको बलि दिने खुल्ला गरिने छ।

जिल्ला कै महत्वपूर्ण शक्तिपीठको रुपमा गोरखकाली मन्दिरलाई लिइने गरिन्छ। मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौं, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गर्छन्।

सम्बन्धित समाचारसबै