सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिका वडा न. ६ मा निशुल्क स्वास्थ शिविर कार्यक्रम आयोजना भएको छ ।
वडा न. ६ रहमान टोल अवस्थित मदरसा दारुल फलाहमा भोक्राहा नर्सिङ्ग गाँउपालिका र गोल्डेल अस्पतालको प्रविधिक सहयोग बाट सो शिविर गरिएको हो । शिविरमा वरिष्ट फिजिसिएन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा.अजय महतो, स्त्री रोग विशेषज्ञ डा. प्रक्रिति आर्चाय , बाल रोग विशेषज्ञ डा. संतोष यादव,रेडियोलिजिश्ट डा रंजिब यादब लगायत अन्य स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।
विहान ८ बजे देखि सुरु गरिएको नि शुल्क स्वास्थ शिविरमा उपचार सहित औषधी वितरण , ब्लड सुगर चेक जाँच,इसिजी र यु एस जी पनि गरिएको गोल्डेन अस्पतालका प्रवन्धक सुधिर सिहं राठौरले जानकारी दिए । शिविरमा वडा न. ६ सहित अन्य वडाका मानिसहरुको पनि उपस्थिती रहेको उनले जानकारी दिए ।
उपचार गर्नेको संख्या ( ११०० ) एघार सय जना बढि रहेको छ। प्रवन्धक राठौरले भने : उपचार गर्नको लागि वृद्धहरुको संख्या धेरै रहेको थियो र विषेश गरि ओषधी र हाडजोर्नीको चेकजाँच गर्नेको संख्या धेरै रहेको उनले बताए । साथै वडा न ६ का वडा सचिव,वडा अध्यक्ष लगायत स्वास्थ्य साखाका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पूर्ण सहयोग रहेको बताए।
गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।
फोटाहरु :
