४५ औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो(तस्बिरहरू)

0 Shares

काठमाडौँ । आज नेपाल लगायत विश्वभर ४५ औँ विश्व खाद्य दिवस मनाइएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ।

कृषि विभागले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी  ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मूल नाराका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ‌।

World Food Day_ (3)

सोही अवसरमा कृषि क्षेत्रमा विभिन्न योगदान दिने र कृषि व्यवसाय गर्दै आएका व्यक्ति र सातौँ प्रदेशका स्थानीय निकायहरूलाई सम्मान प्रदान गरिएको छ ।

सम्मान प्राप्त गर्ने स्थानीय निकायहरू कोशी प्रदेशको लालीगुराँस नगरपालिका तेह्रथुम, मधेस प्रदेशको बरहथवा नगरपालिका सर्लाही, बागमती प्रदेशको जिरी नगरपालिका दोलखा, गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका गोरखा, कर्णाली प्रदेशको सिमकोट गाउँपालिका हुम्ला र सुदूरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका दार्चुलालाई सम्मान प्रदान गरिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी।

World Food Day_ (7)World Food Day_ (8)World Food Day_ (9)World Food Day_ (10)World Food Day_ (11)World Food Day_ (12)World Food Day_ (13)World Food Day_ (14)World Food Day_ (15)World Food Day_ (16)World Food Day_ (17)World Food Day_ (18)World Food Day_ (19)World Food Day_ (20)World Food Day_ (21)World Food Day_ (22)World Food Day_ (23)World Food Day_ (24)

सम्बन्धित समाचारसबै