सुनको भाउ प्रतितोला ७ सयले बढ्यो, चाँदीमा भने ५ रुपैयाँको गिरावट

0 Shares

१६ कात्तिक, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ पुनः वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन (शुक्रबार) यसको मूल्य २ लाख ३९ हजार रुपैयाँ थियो ।

यसअघि असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च दर २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड रहेको छ ।

सुनको मूल्य बढ्दै गए पनि चाँदीमा भने सानो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ३०५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचारसबै