मोरङ क्षेत्र नं. ६ का युवा प्रतिनिधि पदका उम्मेदवार प्रबिण घिमिरे : २०६० देखि सक्रिय राजनीतिक यात्रा, सेवामुखी पहिचान

0 Shares

नेकपा एमालेको ११‍औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ बाट युवा प्रतिनिधि पदका उम्मेदवार प्रबिण घिमिरेले आफ्नो लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र समाजसेवामुखी भूमिकाका आधारमा उम्मेदवारी प्रस्तुत गरेका छन्।

नेकपा एमालेको ११‍औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६ का युवा प्रतिनिधि पदका उम्मेदवार प्रबिण घिमिरेले २०६० सालदेखि निरन्तर रूपमा संगठन र जनताका बीच सक्रिय भूमिका निर्वाह गर्दै

आएका छन्। तत्कालीन युवा सङ्घमा आबद्ध हुँदै दुलारी गाविसका वडा समिति , गाउँ समिति अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै उनी हाल राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला समिति अध्यक्षको जिम्मेवारी सम्हालिरहेका संगठन र जनताबीच स‌म्बन्ध मजबुत पार्दै आएका घिमिरेलाई मेहनती, इमानदार र जिम्मेवारीसिद्ध युवा नेता मानिन्छ।

उनी राजनीतिक भूमिकासँगै निरन्तर सामाजिक सेवा र मानवीय सहयोगमा पनि क्रियाशील रहँदै आएका छन्। कोभिड–१९ महामारीको संकटमय परिस्थितिमा राहत वितरणदेखि लिएर विपन्न वर्गका विद्यालयहरूमा शैक्षिक सामग्री सहयोग, स्थानीय समुदायका आवश्यकता अनुसार विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै उनले संगठन मात्र होइन सामाजिक जिम्मेवारी पनि समान रूपमा पुर्‍याउँदै आएका छन्।

युवा प्रतिनिधि पदका उम्मेदवार बनेपछि उनले क्षेत्र नं. ६ का मतदातासँग संवाद गर्दै संगठनको भावना, आवाज र अपेक्षालाई केन्द्रसम्म सशक्त रूपमा पुर्‍याउने आफ्नो लक्ष्य स्पष्ट पारेका छन्।

उनले भने,“मैले जिम्मेवारी पाएपछि व्यक्तिगत रूपमा मात्र होइन, सम्पूर्ण संगठनका साथीहरू र क्षेत्रका जनताको आवाजलाई संयोजन गरी प्रभावकारी रूपमा अघि बढाउनेछु। एकताबद्ध तरिकाले सबैलाई जोड्दै अघि लैजान मेरो महत्वपूर्ण भूमिका रहनेछ।”

सेवा नै पहिलो कर्तव्य भएको बताउँदै घिमिरेले आफू जहाँ रहे पनि जनसेवामा समर्पित रहने दृढता व्यक्त गरे।

आगामी मंसिर १३ गते (शनिबार) हुने युवा प्रतिनिधि छनोटमा उनले पार्टीका अग्रज, शुभेच्छुक तथा सम्पूर्ण सदस्यसँग अमूल्य मत दिई आफूलाई विजयी गराइदिन हार्दिक अनुरोध गरेका छन्।

सम्बन्धित समाचारसबै