अपाङ्ग महासंघका वरिष्ठ उपाध्यक्षले मागे अध्यक्षको राजीनामा

0 Shares

राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा बढ्दै गएको अनियमितता, मनोमानी र आन्तरिक विवादका कारण संगठन गम्भीर संकटमा परेको भन्दै वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्कीले विरोध गरेका छन ।

कार्कीले महासंघका अध्यक्ष देविदत्त आचार्यमाथि उठेका गम्भीर आरोप तथा नेतृत्वको मौनताले संस्था कमजोर बन्दै गएको आरोप लगाउँदै तुरुन्तै पदबाट राजीनामा गर्न  माग गरेका छन ।

कोशी प््रदेशको मोरङको केरावारी निवासी कार्कीले हालै विभिन्न सञ्चार माध्यममा आएका महासंघको अनियमिततासम्बन्धी समाचार गम्भीर प्रकृतिको भएको भन्दै अध्यक्ष आचार्यले तुरुन्त राजीनामा दिनुपर्ने मागगर्दै समाचारहरु गलत भए विस्तृत खण्डन गर्नुपर्ने तर निरन्तर मौन बस्नु नेतृत्वको जिम्मेवारी विपरीत भएको बरिष्ठ उपाध्यक्ष कार्कीको भनाई छ ।

राष्ट्रिय अपांङगका अध्यक्ष देविदत्त आचार्यमाथि महासंघका स्रोत–साधन दुरुपयोग गरेको जिल्ला प्रशासन कार्यालयसँग गरिएको सम्झौता उल्लंघन भएको ,सुदूरपश्चिम प्रदेशको बैंक खाता ३ महिनादेखि रोक्का रहेको र कार्यालय तालाबन्दी भएको ,कर्मचारीलाई मनोमानी निष्कासन गर्दा महासंघलाई २० लाखभन्दा बढी आर्थिक भार परेको र महिला कर्मचारीलाई यौन दुव्र्यवहार भएको र निलम्बनमा परेका एक व्यक्तिलाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकै दिन ‘राष्ट्रिय सम्मान’ प्रदान गरिएको आदि विभिन्न आरोप लागेको बरिष्ठ उपाध्यक्ष कार्कीको थप आरोप छ ।

उपाध्यक्ष कार्कीका अनुसार अपाङग महासंघ जस्तो पवित्र परोपकारी सँस्थामा अध्यक्ष आचार्यको कारणले महासंघको विश्वसनीयता, सुशासन र ऐतिहासिक गौरव गम्भीर रूपमा कमजोर परेको छ । संस्थामा परियोजना–मुखी सोच, आन्तरिक गुटबन्दी र मनोमानी निर्णय प्रक्रियाका कारण अपाङ्गता अधिकार आन्दोलन नै धरासायी बन्ने खतरा बढेको कार्कीको चेतावनी छ ।

यसैले उपाध्यक्ष कार्कीले अपाङ्गता क्षेत्रका सरोकारवाला, सदस्य संस्था र अधिकारकर्मीलाई एकताबद्ध हुन आग्रह समेत गरेका छन । उनले महासंघको राष्ट्रिय अधिवेशन तत्काल गरिनुपर्ने, अध्यक्षलाई नैतिक आधारमा पदमुक्त गरिनुपर्ने , आरोपहरुको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने,महासंघको साख र विश्वसनीयता जोगाउन सामूहिक दबाब सिर्जना गर्न सबै लागिपर्नुपर्ने आग्रह कार्कीको छ । अपाङ्गता अधिकार आन्दोलन कसैको दान–दक्षिणाबाट नभई अधिकार र पहिचानको संघर्ष हो भन्दै बरिष्ठ उपाध्यक्ष काार्कीले भ्रष्टाचार र अनियमितताविरुद्ध सबैले आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।

 

सम्बन्धित समाचारसबै