काठमाडौँको सडकमा उत्रिए सहकारी पीडित, माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन, बचत फिर्ताको माग ||

0 Shares

काठमाडौँ । सहकारी पीडितहरूले आफूहरूको बचत रकम अविलम्ब फिर्ताको माग गर्दै राजधानीमा सशक्त प्रदर्शन गरेका छन्। सोमबार दिउँसो काठमाडौँको व्यस्त माइतीघर–बबरमहल सडक खण्डमा भेला भई पीडितहरूले चर्को नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।

वर्षौँदेखि पसिनाको कमाई जोखिममा परेपछि सडकमा उत्रिन बाध्य भएका सर्वसाधारण बचतकर्ताहरूले हात-हातमा आक्रोश र पीडा झल्किने प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले बोकेका प्रमुख नाराहरू:

  • ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’

  • ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’

  • ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’

  • ‘सहकारी पीडित बचतकर्ता एक होऔं’

सरकारले पटक-पटक आश्वासन दिए पनि ठोस कदम नचालेको र उल्टै प्रशासनिक जटिलता तथा जग्गा मिलानको बहानामा ढिलासुस्ती भइरहेको भन्दै पीडितहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले आफूहरूको रकम सुरक्षित रूपमा फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचारसबै