पक्राउ गर्ने प्रयास गरे शुसिला कार्की सरकार ढालीदिने ओलीको चेतावनी

0 Shares

भित्रको खबर संबाददाता
विराटनगर, ३ पुस

तेस्रो पटक अध्यक्षमा निर्वाचित भएर सपथग्रहण गरे लगत्ते एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुलाई जाँचबुझ आयोगमा बयान दिनका लागि पक्राउ गर्नेै प्रयास मात्र गरेमा देश टप्प पारेर शुसिला कार्कीको नागरिक सरकार ढालिदिने चेतवनवी दिएका छन।

एघारौ महाधिवेशनबाट अत्यधिक मतले प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका ओलीले सपथग्रहण कार्यक्रममा पहिलो सम्बोधन गर्दै जाँचबुझ आयोगले बयानका लागि आफुलाई पक्राउ गर्न मिडिया ट्रयाल गरिरहेको भन्दै छोएको दिन देश ठप्प पारेर कार्की सरकार ढाल्ने चेतावनी दिएका हुन ।

उनले कार्की सरकारको सुरक्षा फितलो रहेकोले भर नपर्न र आफैले आफआफनो ठाउँमा टोल सुरक्षा समिति निर्माण गर्न पनि ओलीले कार्यकर्ताहरुलाई निर्देशन गरे ।

जाँचबुझ आयोगले बयानका लागि बोलाउने तयारी गरिरहेको अवस्थामा ओलीले यस्तो चेतावनी दिएका छन्। अहिले आफ्नो विषयमा मिडिया ट्रायल भइरहेको बताए।

सम्बोधनका क्रममा उनले वर्तमान सरकारप्रति आक्रोश व्यक्त गर्दै हालै जेनजीसँग भएको सम्झौता कलाविहिन नाटक भएको र त्यसलाई आफ्नो पार्टीले खारेज गर्ने बताए ।
वर्तमान सरकारको सुरक्षा व्यवस्थाप्रति भर नपर्न भन्दै उनले टोल टोलमा सुरक्षा समिति बनाउन समेत निर्देशन दिएका छन्।

सम्बन्धित समाचारसबै