चुनाव फलिफाप नभएका नेता विनोद ढकाल

0 Shares

भोजपुरको प्याउलीमा जन्मिएर अनेरास्ववियूको विद्यार्थी सगठनको नेतृत्व गरेर मोरङको अध्यक्ष बनिसकेर पनि पार्टी भित्र र संसदीय अनि स्थानिय तहको निर्वाचनमा समेत हार बेहोर्ने नेता हुन विनोद ढकाल ।

एमालेको ११ औ महाधिवेशनमा सचिव पदमा ईश्वर पोखरेल समुहबाट उम्मेदवारी दिएका उनी पार्टी भित्रको निर्वाचनमा पनि निरन्तर तीन पटक हार बेर्होदै हारको ह्रयाट्रिक बेर्होन बाध्य भएका छन । उनले पार्टीको कोशी प्रदेश समितिको अध्यक्ष पदमा दुई बर्ष अगाडी मात्र मोरङकै घनश्याम खतिवडाबाट पराजय भोगेका थिए ।

पहिले अध्यक्ष केपी ओलीका दाहिने हात मानिने विनोद ढकालले २०६४ को पहिलो संविधान सभा, २०६५ को उपनिर्वाचन र २०७४ मा सम्पन्न विराटनगर महानगरपालिकाको निर्वाचनमा पराजय भोगेका थिए ।

ढकालले २०६४ मा मोरङको ७ नम्बर क्षेत्रबाट प्रतिनिधि सभामा मधेशी जनअधिकार फोरमका विजय गच्छेदारसँग पराजित भएका थिए । त्यसबखत काँग्रेसका डा. शेखर कोइराला दोस्रो र एमालेका ढकाल तेस्रो बनेका थिए ।

तत्काल दुई स्थानबाट विजयी विजय गच्छदारले मोरङको क्षेत्र छाडेर सुनसरी रोजेपछि २०६५ मा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा फोरमका चुमनारायण तवदारसँग चुनावी प्रतिस्पर्धा गरेका ढकाल पुन तेस्रो भए ।

अखिलको केन्द्रीय नेता हुँदै पटक पटक एमाले मोरङको अध्यक्ष बनेका ढकालले पार्टीको जिल्ला अध्यक्षमा पनि महेश रेग्मीसँग हार व्यहोरेका थिए । २०७४ मा विराटनगर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्दा पनि उनी काँग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए ।

पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीका कट्टर समर्थक नेता ढकाल चितगवन महाधिवेशनपछि भने अध्यक्ष ओलीसँग टाढिएका थिए ।उनले पछिल्लो पटक सहजै जित निकाल्ने योजना सहित मोरङको निर्वाचन क्षेत्र नम्बर ४ बाट २०७९ मा फेरि संसदीय चुनावी प्रतिस्पर्धा गरेका थिए।

महानगरका केही वडा र ग्रामथान गाउँपालिका,बेलवारी नगरपालिकाको केही वडा रहेको मोरङ ४ मा पालिका निर्वाचनमा एमालेले वडा तहमा राम्रो जीत हासिल गरेको थियो । सोहीबमोजिम ढकालले पनि वडाध्यक्षहरु परिचालन गरेर सहज जीत सुनिश्चित गराउने योजना बनाएका थिए ।

थारु बाहुल्यता रहेको मोरङ ४ मा माओवादीका थारु समुदायका उम्मेदवारको अगाडि उनी निरीह सावित भएका छन्

मोदीले ३० हजार ६१२ मत प्राप्त गर्दा ढकालले २४ हजार ४६३ मत पाएका थिए । २०७४ मा काँग्रेस नेता महेश आचार्यलाई भारी मतान्तरले पराजित गरेका मोदीले ढकाललाई हराएर उनको पराजयमा ह्याट्रिक गराइदिएका थिए ।

त्यो बेला मोरङको ४ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको २४ हजार १३९ मत देखिन्थ्यो । स्थानीय निर्वाचनमा सो क्षेत्रमा एमालेका वडा अध्यक्षहरुले २५ हजार ७३० मत प्राप्त गरेका थिए । तर पनि अभागी ढकालले जित सुनिश्चित गराउन सकेनन ।

प्रदेश सभातर्फ एमालेकै जयप्रकाश चौधरी र काँग्रेसका भीम पराजुली बिजयी भएका थिए ।

२०७३ मा पार्टीको मोरङ जिल्ला अध्यक्ष निर्वाचित भएका ढकाल त्यसपछिको जिल्ला निर्वाचनमा महेश रेग्मीसँग मोरङ अध्यक्षमा पराजित भएका थिए । अध्यक्ष ओलीसँग लामो समय दाहिने हात बनेर सहयोग गरेका ढकाल तीनै नेता हुन जसले यसपाली केन्द्रिय सदस्यमा विजयी भएका पर्शुराम बस्नेतहरुलाई कडा संरक्षण गर्दै राजनीतिमा स्थापित गराएका थिए ।

पछिल्लो समय ढकाल पुर्व राष्ट्रपति बिद्यादेवी भण्डाारीलाई राजनीतिमा कब्याक गराउने योजनाकार नेता मध्ये एक मानिन्छन । भण्डारी समुहको संरक्षण बनेका उनले कोशी प्रदेश कमिटी अध्यक्षमा ओली ईतर पक्ष भएर प्रतिस्पर्धा गर्दा हार बेहोरेपनि गत बर्ष मोरङमा सम्पन्न निर्वाचनमा चाँही पार्टीमा आफनो प्यालनै जिताउन सफल भएका थिए । निरन्तर पार्टी भित्र र लाभको निर्वाचनमा हारको ह्रयाट्रिक गरेका नेता ढकाले एमाले पार्टीमा लामो समय लगानी गरिसकेका छन ।

उनी आफु निकाटका कार्यकर्ताहरुलाई मन लगाएर संरक्षण गर्ने नेतामा चिनिन्छन । विद्यार्थी संगठनको नेतृत्व गरिसकेको र पुरानो नेता भएकोले उनको चिनजान मेचीकाली सम्मै भएकोले उनले सचिवमा पोखरेल समुहबाट सहजै चुनाव जित्ने लख पोखरेल समुहको थियो । तर सधै चुनाव अफाप हुने विनोद ढकालले यसपाली पनि पार्टीको महत्वपुर्ण सचिव पदमा हार बेहोरेर अभागी सावित हुनुपरयो ।

 

सम्बन्धित समाचारसबै